Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • यो हो ७२ लाख रुपैयाँ पर्ने संसारकै महँगो सिरानी

    यो हो ७२ लाख रुपैयाँ पर्ने संसारकै महँगो सिरानी

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । सिरक, डसनादेखि सिरानीसम्मको गुणस्तर र प्रकारले निद्रामा प्रभाव पार्दछन् । तपाईंले कपासदेखि फाइबरसम्मका अनेक आकार प्रकारका सिरानी देख्नुभएकै होला । तर के तपाईंले ७२ लाख रुपैयाँ मूल्य पर्ने सिरानी देख्नुभएको छ ?

    नेदरल्याण्डमा उत्पादन गरिएको उक्त सिरानी संसारकै महँगो सिरानी हो । मानिसको स्वास्थ्यलाई ध्यानमा राख्दै एकजना फिजियोथेरापिस्टले उक्त सिरानीको डिजाइन गरेका हुन् ।



    उक्त सिरानी तयार गर्नमा पूरै १५ वर्ष लागेको थियो भने त्यस विषयमा विभिन्न अनुसन्धान समेत गरिएको थियो । संसारकै महँगो यो सिरानीको मूल्यचाहिं ५७ हजार डलर अर्थात् करिब ७२ लाख रुपैयाँ पर्दछ । यो सिरानीको भित्र भरेको कवाल रोबोटिक मिलिङ मेसिनले भरेको हो ।



    यो सिरानीको चेनमा ४ वटा हिरा जडान गरिएको छ भने एउटा निलम पनि जडित छ । यो सिरानीलाई एउटा ब्राण्ड बक्समा प्याक गरी बेचिन्छ । अनिद्राको समस्या भएका मानिसहरू यो सिरानीमा मज्जाले निदाउन सक्ने शोधकर्ताको भनाइ छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार