Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

अब प्रतिस्पर्धाको मैदानमा महिला अगाडि आउनुस् : माधवकुमार नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा गठबन्धनले राम्रो परिणाम दिएको बताएका छन् ।

अखिल नेपाल महिला सङ्घ समाजवादीको तेस्रो पूर्ण बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले भने, “निर्वाचनमा गठबन्धन आवश्यक थियो, त्यसले राम्रो परिणाम दिएको छ, कहीँकतै समस्या भए होलान्, त्यसलाई आगामी दिनमा व्यवस्थापन गरेर जानुपर्छ, पार्टी सही ढङ्गले चलेन भने के हुन्छ ।”

आफूहरूलाई कमजोर नठान्न आग्रह गर्दै उनले भने, “हामीले पार्टी विभाजनको छोटो समयमा धेरै काम गरेका छौँ, पार्टीलाई विधान र विधिमा चलाएका छौँ । सामूहिक छलफल र निर्णयका आधारमा पार्टी चलेको छ ।” अध्यक्ष नेपालले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)जस्ताको तेस्तै पास हुनबाट आफ्नो पार्टीले रोकेको दाबी गरे ।

अध्यक्ष नेपालले कम्युनिस्ट पार्टी जोगाउन र संविधानको रक्षा गर्न तत्कालीन नेकपा (एमाले)बाट विद्रोह गरेको बताए । उनले भने, “अब प्रतिस्पर्धाको मैदानमा तपाईं महिला अगाडि आउनुस्, तपाईंको क्षमता, सक्रियता र भूमिकाको आधारमा मूल्याङ्कन हुनेछ, त्यसमा तपाईंहरूले श्रेष्टता हासिल गर्नुपर्छ ।” अध्यक्ष नेपालले आफ्नो जिम्मेवारी पूरा गर्ने काममा महिला अगाडि बढेर त्यसैको आधारमा मूल्याङ्कन हुने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077