Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शहरी विकासमन्त्री रामकुमारी झाक्रीले प्रधानमन्त्री देउवालाई बुझाइन् राजीनामा

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाएकी छिन् ।

बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाइसकेपछि उनी पत्रकार सम्मेलनमा उपस्थित भएकी हुन् ।

पदबाट राजीनामा दिएकी शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफ्नो मन्त्रालयका उपलब्धिबारे जानकारी दिन मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेकी छिन् ।

नेकपा एकीकृत समाजवादीले पार्टीका चार मन्त्रीलाई फिर्ता बोलाएको छ भने नयाँ टिम पठाएको छ । त्यसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद हेरफेर गर्नुअघि मन्त्रालयले बिदाइ कार्यक्रम राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077