Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बिरामी बोकेको बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

झापा । पाँचथरबाट बिरामी बोकेर झापातर्फ जाँदै गरेको बोलेरो इलाममा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

पाँचथरको मिक्लाजुङस्थित प्राथमिक स्वास्थ्य केन्द्र रबिबाट बिरामी लिएर झापाको दमक जाँदै गरेको मे१ज ४८७ नम्बरको बोलेरो इलामको माङसेबुङ गाउँपालिका–२ दहगाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा पाँचथरका दुई तथा इलामका एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बाका ६५ वर्षीय हिमप्रसाद लावती र उनकी श्रीमती ५७ वर्षीय पदमकुमारी तथा इलामको माङसेबुङ गाउँपालिका–२ का ५० वर्षीय प्रकाश राई छन् ।

घाइतेमध्ये हिमप्रसाद र प्रकाशको घटनास्थलमै तथा पदमकुमारीको उपचारका लागि झापाको दमक लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

बोलेरो आइतबार मध्यान्ह करिब १२ बजे सडकबाट २०० मिटर तल खसेको थियो । बोलेरो चालक भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077