Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नवनियुक्त मन्त्रीहरूको शपथ आज बिहान ११ बजे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेका नवनियुक्त मन्त्रीहरूलाई आज शपथ ग्रहण गराइने भएको छ ।

शितल निवासस्थित राष्ट्रपति कार्यालयका अनुसार आज बिहान ११ बजे नवनियुक्त मन्त्री एवं राज्यमन्त्रीहरूलाई शपथ ग्रहण गराइने भएको हो ।

प्रधानमन्त्री देउवाले आइतबार साँझ एकीकृत समाजवादीले सिफारिस गरेकालाई नयाँ मन्त्रीमा नियुक्त गरेका थिए ।

जीवनराम श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरीले शहरी विकास, भवानीप्रसाद खापुङले स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हिराचन्द्र केसीले स्वास्थ्य राज्यमन्त्रीको शपथ लिनेछन् ।

एकीकृत समाजवादीका मन्त्री ठूलो लफडापछि आइतबार फेरिएका थिए । पार्टीले फिर्ता बोलाउने निर्णय गरेपछि मन्त्रीहरूले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसम्म गुहारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077