Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फिलिपिन्समा १६५ यात्रु सवार डुंगामा आगलागी

एजेन्सी । फिलिपिन्सको बोहोल र लेयट टापुहरूको बीचमा १६५ यात्रु सवार एउटा डुंगामा आगलागी भएको छ ।

उद्धारकर्ताहरूले अहिले दुई जनाबाहेक सबैलाई सुरक्षित स्थानमा ल्याइसकेको बताएका छन् । आगलागीमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना हराइरहेका फिलिपिन्सको तटीय गार्डले जनाएको छ ।

‘मामा मेरी–क्लो’ नामको उक्त डुंगा बोहोल र लेयट टापुहरूको बीचमा यात्रा गर्दै थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा दुर्घटनामा बाँचेकाहरूलाई नदी किनारमा बसेको देखाइएको छ ।

आठ चालक दलसहितको उक्त डुंगा उबेबाट बोहोलतर्फ बढिरहेको थियो । आगलागीपछि यात्रुहरू डुंगाबाट हामफालेर भागेका थिए । आगलागीको कारण खुलेको छैन । क्षमताभन्दा बढी यात्रुका फिलिपिन्समा बारम्बार डुंगा दुर्घटना हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077