Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : मेघ गर्जन र चट्याङसहित देशभर वर्षाको सम्भावना

काठमाडौं । आज मनसुनी वायुको प्रभाव देशभरि रहेको छ । प्रदेश-१ बाट गएको जेठ २२ गते नेपाल भित्रिएको मनसुन अहिले देशभर नै फैलिएको छ ।

सुदूरपश्चिममा हिजो प्रवेश गरेसँगै मनसुन देशभर फैलिएको हो । मनसुनि गतिविधि सक्रिय रहेकाले आज देशका धेरै ठाउँमा दिनभरजसो नै झरी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार केही ठाउँमा ठूलो वर्षा हुने अनुमान गरिएको छ । अहिले देशभरको मौसम बद्ली भएर धेरै ठाउँमा पानी परिरहेको छ ।

प्रदेश-१, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । भरे राति र भोलि पनि देशभर पानी पर्ने सम्भावना रहेको छ ।

गएरातिदेखि नै पानी परिरहेको तथा आज र भोलि पनि पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम उच्च रहेकाले सावधानी अपनाउन पनि मौसमविद्को आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077