Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टोकियो आसपासका बासिन्दालाई कम वत्ती बाल्न जापान सरकारको आग्रह

एजेन्सी । जापान सरकारले राजधानी टोकियोसहित आसपासका बासिन्दालाई कम वत्ती बाल्न आग्रह गरेको छ ।

गर्मीका कारण माग बढेकाले आपूर्तिमा समस्या आउने भन्दै आर्थिक, व्यापार तथा उद्योग मन्त्रालयले अनावश्यक वत्तीहरु निभाउन आग्रह गरेको हो ।

सरकारको आग्रह अनुसार दिउँसो ३ बजेदेखि ३ घन्टाका लागि मानिसहरूले अनावश्यक वत्ती निभाउनु पर्ने छ । तर उनीहरुले गर्मीबाट बच्नका लागि एयर कन्डिसनको उचित प्रयोग गर्न भने पाउने छन् ।

टोकियोको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । यद्यपि विद्युत प्रदायकहरूले आपूर्ति बढाउन काम गरिरहेका पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077