Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

१६ अर्ब २१ करोडको फलफूल नेपाल भित्रियो

काठमाडौं चालु आर्थिक बर्षको पहिलो ११ महिनामा १६ अर्ब २१ करोड रुपौयाँ बराबरको फलफूल आयात भएको छ ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आवका ११ महिनामा रु १६ अर्ब बढीको कृषि तथा फलफूल आयात भएको पाइएको हो।

चालु आवको पहिलो ११ महिनामा फलफूलको आयातका कारण रु १६ अर्ब २१ करोडभन्दा धेरै रकम विदेशिएको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

चालू आवको समीक्षा अवधिमा मुलुकमा रु १६ अर्ब २१ करोडभन्दा बढी रकम ताजा तथा सुकेका फलफूल आयातमा बाहिरिएकोे विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

जसमा ६ अर्ब ६५ करोडको स्याउ, दुई अर्ब १९ करोडको अंगुर, एक अर्ब ५७ करोड ४७ लाखको केरा, एक अर्ब २४ करोडको सुन्तला, एक अर्ब नौ करोडको अनार, २३ करोड ४० लाखको मेवा, १५ करोड आठ लाखको नास्पाती, १२ करोड चार लाखको भुँइकटहर, ७१ करोड ७५ लाखको अम्बा र आँप आयात भएको छ ।

यस्तै ६ करोड ९१ लाखको एभोकाडो, ६ करोड २२ लाखको किवी, तीन करोड ८७ लाखको लिचि नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077