Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • १७ वर्षीया किशोरीले झुक्किएर निलेको चम्चा विना शल्यक्रिया निकालियो

    १७ वर्षीया किशोरीले झुक्किएर निलेको चम्चा विना शल्यक्रिया निकालियो

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले बिनाशल्यक्रिया एक १७ वर्षीया किशोरीकाे आमाशयमा अड्किएको चम्चा निकालेका छन् ।

    नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा.सन्दीपराज कुँवर नेतृत्वको टिमले इण्डोस्कोपी गरी आमाशयमा गएर अड्किएको चम्चा निकालेको हो ।



    काठमाडौंकै एक १७ वर्षीया किशोरीले झुक्किएर चम्चा निलेपछि अस्पताल ल्याइएको थियो । निलेको चम्चालाई बिनाशल्यक्रिया र बिना कुनै चोट निकाल्ने सफलता प्राप्त भएको अस्पतालले जनाएको छ । चम्चा नै निलेर आमाशयमा अड्किनु जटिल समस्या हो ।



    यस्तो घटनामा अड्किएको चम्चालाई निकाल्न सामान्यतया शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । आमाशयमा अड्किएको चम्चा ४५ मिनेटको प्रयासमा बिनाशल्यक्रिया निकालिएको थियो । आइतबार चम्चा निलेर आएकी बिरामीलाई रातभर अब्जरभेसनमा राखेर सबै अवस्था सामान्य देखिएपछि सोमबार बिहान डिस्चार्ज गरिसकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार