Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नर्भिक अस्पतालले बनाएको संरचना हटाउन समिति गठन गरिने

    नर्भिक अस्पतालले बनाएको संरचना हटाउन समिति गठन गरिने

    अनलाइन नेपाल
  • मंगलबार, २४ साउन २०७९
  • 876
    SHARES

    काठमाडौं । नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको बारेमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालले प्राविधिक राखेर अध्ययन समिति बनाउने भएका छन् ।

    नर्भिकलाई सार्वजनिक जग्गाको संचरना हटाउन २४ घन्टे अल्टिमेटम दिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह मंगलबार निर्देशन पालन भए नभएको हेर्न नर्भिक अस्पतालमा पुगेका थिए ।



    नर्भिकले आफूले कानून अनुसार जग्गा भाडामा लिएको र त्यहाँ अस्पतालका लागि अत्यावश्यक अक्सिजनसहितका सामग्री भण्डारणमा रहेको बताएको थियो ।



    त्यसपछि अस्पताल र महानगरबीच समिति बनाउने र उसकै सिफारिस अनुसार अघि बढ्ने सहमति भएको छ । त्यसपछि मेयर बालेनसहितको टोली फर्केको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार