Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • असोज १ गते नर्भिकले निशुल्क स्वास्थ्य शिविर गर्ने

    असोज १ गते नर्भिकले निशुल्क स्वास्थ्य शिविर गर्ने

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 828
    SHARES

    काठमाडाैं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।

    अस्पतालले आगामी असोज १ गते शनिबारका दिन काठमाडाैंको कमलपोखरीस्थित अग्रवाल भवनमा निशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो ।



    बिहान ९ः३० बजेदखि दिउँसाे १ः३० बजेसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा मुटुरोग, स्त्री तथा प्रसूति, ग्यास्ट्रिक, हाडजोर्नी र जनरल फिजिसियन सम्बन्धी विशेषज्ञ सेवा निःशुल्क पाइनेछ । अस्पतालका अनुसार शिविरमा इसीजी, सुगर, भाइटल्स लगायतका निःशुल्क परामर्श सेवासमेत उपलब्ध हुनेछ ।



    अस्पतालले निशुल्क स्वास्थ्य शिविरमा सहभागी हुन चाहनेका लागि अग्रिम नाम दर्ताको व्यवस्था समेत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार