Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भगवती लेमिनेट्स राजस्व छली प्रकरण : केन्द्रले थाल्यो अनुसन्धान, उम्कने सञ्चालकको दाउ

काठमाडौं । राजस्व छली प्रकरणमा छानबिनमा रहेको भगवती लेमिनेट्स प्रालिका सञ्चालकमाथि राजस्व अनुसन्धान विभागले केन्द्रीयस्तरबाटै विस्तृत अनुसन्धान थालेको छ ।

सुरुमा अनुसन्धान कार्यालय इटहरीले छानबिन गर्दै आए पनि ‘चित्त बुझ्दो नभए’पछि भगवती लेमिनेट्सका सबै फाइल विभागमै तानिएको थियो । ती फाइल तानेपछि अनुसन्धान थालिएको हो ।

विभागका अनुसार आइतबार मात्रै भगवती लेमिनेट्सको राजस्व छली प्रकरण छानबिन गर्न नयाँ अनुसन्धान अधिकृत तोकिएको छ । यसअघि, तत्कालीन महानिर्देशक प्रकाश पौडेलले पनि अनुसन्धान अधिकृत तोकेर भगवती लेमिनेट्समाथि गहन अनुसन्धान थालेका थिए ।

यसैबीच, केही दिनअघि मात्रै पौडेलको सरुवा भएपछि छानबिन प्रक्रिया अवरुद्ध भएको थियो । तर, हालै आएका नयाँ महानिर्देशक झलकराम अधिकारीले फेरि नयाँ अनुसन्धान अधिकृत तोकेर प्रक्रिया अगाडि बढाएका छन् । भगवती लेमिनेट्समाथिको विस्तृत छानबिन प्रक्रिया अघि बढाइएको जानकारी उनले दिए ।

‘नयाँ अनुसन्धान अधिकृत तोकेर भगवती लेमिनेट्समाथि अनुसन्धान थालेका छौं, सबै प्रमाण केलाएर गम्भीरतापूर्वक छानबिन गर्छौं,’ महानिर्देशक अधिकारीले भने । नयाँ अनुसन्धान अधिकृत तोकेर भगवती लेमिनेट्समाथि गम्भीर छानबिन थालेका छौं, सबै प्रमाण केलाएर वास्तविकता पत्ता लगाई आवश्यक कारबाही गर्छौं

विभागका अनुसार यसअघि सञ्चालकलाई समेत बयानका लागि बोलाउने निर्णय भएकाले नयाँ अनुसन्धान अधिकृतले पनि त्यसअनुसार बयान लिने छन् ।

विभागले भगवती लेमिनेट्सका सञ्चालक रजनिश कर्नानी, सन्तोष आचार्य, रतनलाल अग्रवाल, निर्मला कर्नानी, निर्मला सरिया, दीपेन्द्रकुमार अग्रवाल र रतनकुमार अग्रवाललगायतलाई आवश्यकताअनुसार बोलाएर बयान लिने तयारी गरेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077