Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनको सपिङ सेन्टरमा रुसले मिसाइल आक्रमण गर्दा १६ जना मारिए

एजेन्सी । रुसले युक्रेनको क्रेमेन्चुक सहरस्थित एक व्यस्त सपिङ सेन्टरमा मिसाइल आक्रमण गर्दा कम्तीमा १६ जना मारिएका छन् । साथै ५० जना बढी घाइते भएको युक्रेनी वरिष्ठ अधिकारीहरूले जनाएका छन् ।

आक्रमणपछि घटनास्थलमा आगो लागिरहेको तथा क्षतविक्षत अवस्थाको तस्बिर सामाजिक सञ्जालमा व्यापक रुपमा सेयर गरिएको छ । सार्वजनिक भएको भिडियोमा धुवाँको मुस्लो उडिरहेको देखिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका अनुसार उक्त सपिङ सेन्टरभित्र १ हजारभन्दा धेरै मानिस रहेका थिए ।

जेलेन्स्कीले यसबारे जानकारी दिएका छन् । क्रेमेन्चुक युक्रेनको सबैभन्दा ठूलो तेल प्रशोधन क्षेत्र रहेको सहर मानिन्छ । जुन डिनिप्रो नदीको किनारमा अवस्थित छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077