Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कान्तिपुर इन्स्टिच्युटका सञ्चालक यौन दुर्व्यवहारको आरोपमा पक्राउ

काठमाडौं । युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगरको एक इन्स्टिच्युटका सञ्चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बरगाक्षीस्थित कान्तिपुर इन्स्टिच्युटका सञ्चालक ३७ वर्षीय गुणानन्द महतो रहेका छन् ।

उनले सोमबार बिहान १९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको उजुरी परेपछि महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङ जनाएको छ । युवती इन्स्टिच्युटमा प्रोजेक्टको काम गर्न पुगेकी थिइन् ।

बिहानै एक्लै भएको मौकामा सञ्चालक महतोले युवतीको संवेदनशील अंग छोएको आरोप छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077