Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाल वायुसेवा निगममा पदपूर्तिका लागि लिइएका लिखित परीक्षा र विज्ञापन रद्द

काठमाडौं । नेपाल वायुसेवा निगमले लिएका परीक्षा रद्ध गरेको छ ।

निगमको मानव संसाधन विभागले मंगलबार सूचना जारी गरी लिइसकेको लिखित परीक्षा तथा केही विज्ञापन पनि रद्द गरिएको जानकारी दिएको हो।

सर्वोच्च अदालतको फैसला तथा लोक सेवा आयोगको मिति २०७९/०२/२६ गतेको निर्णय बमोजिम निगमको पदपूर्ति समितिको बैठकले आ.व. २०७५र७६ का लागि आह्वान गरिएका विज्ञापन नं. १०–१२/२०७५/७६ का विज्ञापनहरूको लोक सेवा आयोगद्वारा परीक्षा सञ्चालन भई नतिजा प्रकाशन हुन बाँकी लिखित परीक्षाहरू रद्ध गरिएको निगमले जनाएको छ ।

आर्थिक वर्ष ०७६/७७ का लागि मिति २०७६/११/०२ मा निगमले प्रकाशित गरेका विज्ञापनहरूमध्ये खुलातर्फ विज्ञापन नं. ०१–१८/०७६/७७ तथा आन्तरिक तर्फका विज्ञापन नं. २०१–२२५/०७६/७७ का विज्ञापनसमेत रद्द गर्ने निर्णय भएको निगमको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077