Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी

    मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 939
    SHARES

    काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताएका छन् ।

    मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सरकारले आगामी मंसिर २१ गते निर्वाचन हुनेगरी संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने बताएका हुन् ।



    उनले सरकारले निर्वाचन गर्ने मिति नै नतोकेको भएपनि दुईरतीन महिनामा निर्वाचन घोषणा गर्ने तयारी रहेको बताए ।



    मन्त्री चौधरीले मन्त्री पदमा रहेसम्म इमान्दारीताका साथ काम गर्ने प्रतिवद्धतासमेत जनाए । उनले मुलुकलाई सही बाटोमा लैजाने राम्रो भिजन भएको नेतृत्वको कमी रहेको बताए ।

    मन्त्री चौधरीले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु मात्रै इमान्दार भएरमात्रै मुलुक नबन्ने भन्दै सबै नेपाली नागरिक समेत इमान्दार हुनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार