Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • सम्झौता विपरीत २ लाख ६१ हजार हिनामिना, प्रशासकीय अधिकृत सहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    सम्झौता विपरीत २ लाख ६१ हजार हिनामिना, प्रशासकीय अधिकृत सहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल सहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार बिशेष अदालत, काठमाडौंमा  अधिकृत नेपाल सहित इञ्जिनीयर लवकुश चाई र सब इञ्जिनियर सन्तोष भुसाल, उपभोक्ता समितिका अध्यक्ष गजराज यादव र सचिव धर्मराज खरविन्दविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।



    उनीहरुले ओमसतिया गाउँपालिका वडा नं. ४ मटेरिया गाउँको मुख्य सडक पी.सी.सी. निर्माण कार्य गर्दा सम्झौता अनुसार काम नगरी २ लाख ६१ हजार रकम हिनामिना गरेको अख्तियारले जनाएको छ ।



    यादव र खरविन्दले सडक ढलान गर्ने फिल्डमा भएको कम कामको बढी मूल्याङ्‍कन गराई सम्झौता विपरीत भुक्तानीलिएको बताइएको छ ।

    उनीहरुलाई २ लाख ६१ हजार ८ सय ५५ रुपैयाँ बिगो मागदावी गरी मंगलबार बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार