Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कोरोनाको भुक्तानी दिन १ लाख २५ हजार घुस लिने लेखापाल रंगेहात पक्राउ

    कोरोनाको भुक्तानी दिन १ लाख २५ हजार घुस लिने लेखापाल रंगेहात पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिंदै गर्दा गाउँपालिकाका लेखापालसहित दुई जनालाई पक्राउ गरेको छ ।

    आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले महोत्तरीको साम्सी गाउँपालिकाका लेखापाल रोशनकुमार राउत र कार्यालय सहयोगी घरिन यादवलाई रंगेहात पक्राउ गरेको हो ।



    कोभीड–१९ सम्बन्धी जनचेतनामूलक कार्यको भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग १ लाख २५ हजार घुस लिइरहेको अवस्थामा आयोगको टोलीले लेखापाल राउतको कार्यकक्षबाटै दुबै जनालाई पक्राउ गरेको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार