Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • घुससहित पक्राउ परेका कार्यवाहक वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    घुससहित पक्राउ परेका कार्यवाहक वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    अनलाइन नेपाल
  • मंगलबार, १२ भाद्र २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का तत्कालीन कार्यवाहक वडा अध्यक्ष एवं वडा सदस्य दिलावर कवडियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान अयोगले ९ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका कवडियाविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायरगरेको हो ।



    कवडियाले अनुदानको लागि सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको उजुरी आयोगमा परेको थियो । सोही उजुरीका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट लिएको ९ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।



    भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवानाको सजायसमेत मागदाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार