Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कलंकी-बल्खुको सडक भत्काएर भ्रष्टाचार गरेको आशंका, अख्तियारले थाल्यो अनुसन्धान

    कलंकी-बल्खुको सडक भत्काएर भ्रष्टाचार गरेको आशंका, अख्तियारले थाल्यो अनुसन्धान

    अनलाइन नेपाल
  • मंगलबार, ५ बैशाख २०८०
  • 594
    SHARES

    काठमाडौं । चक्रपथको बल्खु–कलङ्की सडकखण्डको सर्भिस लेन पुनस्र्थापना (रिहाबिलिटेसन)का क्रममा अनियमितता भएको शङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । छानबिन प्रक्रिया सुरु भएपछि सो सर्भिस लेनको पुनस्र्थापना कार्य तत्काल रोकिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले सर्भिस लेन पुनस्र्थापनासम्बन्धमा आयोगले छानबिन सुरु गरेको जानकारी दिनुभयो । काठमाडौँ सडक डिभिजनका प्रमुख नारायणप्रसाद निहुरेले कलङ्की–बल्खु सडकखण्डको सर्भिस लेनको १.७ किलोमिटर सडकखण्डमा कालोपत्रेमुनिको ‘बेस फेलियर’ भई कालोपत्रे सतह बिग्रिएको भन्दै कालोपत्रे उप्काएर पुनस्र्थापना सुरु भएको जानकारी दिए ।



    चक्रपथ सुधार आयोजनाबाट सडक डिभिजन कार्यालयमा सो सडकखण्ड हस्तान्तरण भई डिभिजनले सर्भिस लेन पुनस्र्थापना अगाडि बढाएको थियो ।



    सर्भिस लेनमा कुनै पनि समस्या नआएको, सडकमा खाल्टाखुल्टी नपरेको र चक्रपथको अरू भागमा जस्तै सो सर्भिस लेनमा पनि सवारीसाधन आवतजावतमा कुनै अवरोध नहुँदानहुँदै बिनाकारण कालोपत्रे उप्काएर पुनस्र्थापना अगाडि बढाइएको पाइएको थियो । चीन सरकारको अनुदानमा निर्माण भएको चक्रपथको सो सर्भिस लेन काम नलाग्ने भएको भन्दै ऋण लिएर बनाउन थालिएको थियो । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार