Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन सकेन : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गरेका छन् ।

मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा राखेका हुन् ।

उनले भने, ‘देश विदेशका खर्चबाट अभियन्ता भएकाहरु धेरै भेटिन्छन् तर प्रतिफल के निस्कियो, कतिले जीवनस्तरमा परिवर्तन ल्याए भन्ने त्यति बाहिर आएको छैन ।’

उनले अभियानहरू परिणाममुखी, जीवनलाई परिवर्तन दिने खालको हुनुपर्नेमा पनि जोड दिए । ‘अभियान आफू अगाडि लागेर गर्नुपर्दछ । अभियान नवीनता, रुपान्तरण उन्मुख हुनुपर्छ,’ उनले भने, ‘अभियान रचनात्मक, सिर्जनात्मक हुनुपर्दछ र तिनले समाजलाई सकारात्मक प्रतिफल दिनुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077