Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई असर पुर्‍याएकाे रिठ्ठेपानी डाँडाको ६ सय रुख काट्न स्वीकृती

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरणमा अवरोध गर्ने कास्कीको रिठ्ठेपानी डाँडा कटानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र वन विभागबीच सहमति भएको छ ।

प्राधिरणका अनुसार करिब ६ सय वटा रुख कटानका लागि सहमति भएको हो । प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बनाएको थियो ।

प्रतिवेदन अनुसार रिठ्ठेपानी डाँडा कटान गर्दा ६ सय वटा रुख र पोल आकारका रुख काट्नु पर्ने देखिएको थियो । निर्माणाधीन विमानस्थलको पूर्वी सिमानाबाट करिब १.३५ किलोमिटर दूरीमा यो डाँडा छ । प्रतिवेदन अनुसार यो डाँडालाई १२ देखि ४० मिटरसम्म कटान गर्नुपर्नेछ ।

यसरी कटान हुने डाँडामा रहेको २.१७६ हेक्टर वनमा रहेको रुखहरु काटिने छन् । प्राधिकरणले पुस २०७७ मा वन तथा वातावरण मन्त्रालयबाट यो आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्यांकन अध्ययनको सहमति प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077