Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई असर पुर्‍याएकाे रिठ्ठेपानी डाँडाको ६ सय रुख काट्न स्वीकृती

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई असर पुर्‍याएकाे रिठ्ठेपानी डाँडाको ६ सय रुख काट्न स्वीकृती

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 948
    SHARES

    फाइल् तस्विर

    काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरणमा अवरोध गर्ने कास्कीको रिठ्ठेपानी डाँडा कटानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र वन विभागबीच सहमति भएको छ ।

    प्राधिरणका अनुसार करिब ६ सय वटा रुख कटानका लागि सहमति भएको हो । प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बनाएको थियो ।



    प्रतिवेदन अनुसार रिठ्ठेपानी डाँडा कटान गर्दा ६ सय वटा रुख र पोल आकारका रुख काट्नु पर्ने देखिएको थियो । निर्माणाधीन विमानस्थलको पूर्वी सिमानाबाट करिब १.३५ किलोमिटर दूरीमा यो डाँडा छ । प्रतिवेदन अनुसार यो डाँडालाई १२ देखि ४० मिटरसम्म कटान गर्नुपर्नेछ ।



    यसरी कटान हुने डाँडामा रहेको २.१७६ हेक्टर वनमा रहेको रुखहरु काटिने छन् । प्राधिकरणले पुस २०७७ मा वन तथा वातावरण मन्त्रालयबाट यो आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्यांकन अध्ययनको सहमति प्राप्त गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार