Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नवलपुर–२ बाट उम्मेदवारी दिने काँग्रेस नेता तिवारीको घोषणा

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता शंकर तिवारीले नवलपुर क्षेत्र नम्बर २ बाट चुनाव लड्ने घोषणा गरेका छन् ।

उक्त क्षेत्रका स्थानीय नेता तथा कार्यकर्ताको सल्लाह बमोजिम उम्मेदवारको दाबी गरको तिवारीले बताए ।

‘प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संवादमा आउनु भएका बुङदी काली, कावासोती, मध्यबिन्दु, हुप्सेकोट हुँदै विनयी त्रिवेणीसम्मका नेतागणदेखि मतदातासम्मको सल्लाह, आशीर्वाद, आग्रह, शुभकामनाले नवलपुर २ बाट उम्मेदवारीमा दाबी गर्छु,’ उनी भन्छन् ।

गत निर्वाचनमा काँग्रेसतर्फबाट उपविजेता विष्णु कार्की र व्यवसायी विनोद चौधरीले आकांक्षा राखेको नवलपुर २ मा आफ्नो पनि दाबी रहेन उनले बताए ।्

परम्परागत राजनीतिमा बदलाव खोजिरहेका युवा पुस्ता र पहिलो पटक भोट हाल्ने मतदाता माझ अर्कै लहर चलिरहेको भन्दै मतदाताले राजनीतिमा पुस्तान्तरण खोजिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077