Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युक्रेनको पोल्तावा सहरस्थित औद्योगिक क्षेत्रमा आक्रमण, १८ जनाको मृत्यु

एजेन्सी । रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा परी युक्रेनको पोल्तावा सहरस्थित औद्योगिक क्षेत्रमा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

क्रेमेन्चुक औद्योगिक क्षेत्रमा सोमबार रुसले ख—२२ (रसियन : एक्स—२२) नामक क्षेप्यास्त्र प्रहार गरेको थियो। आक्रमणमा परेका अरु ३६ जना अझै सम्पर्कविहीन रहेका छन् । उनीहरूको खोजी भइरहेको छ ।

“घटनामा परी घाइते भएकामध्ये २५ जनालाई सघन उपचार कक्षमा राखेर उपचार गराइएको छ,” एक सरकारी अधिकारीले भने।

स्थानीय अधिकारीले आक्रमणका कारण ठूलो मात्रामा भौतिक संरचनामा समेत क्षति पुगेको जानकारी दिएका छन्। आक्रमण भएका बेला झन्डै एक हजार मानिस घटनास्थलमा रहेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077