Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नव निर्वाचित एन्फा पदाधिकारीलाई प्रधानमन्त्री देउवाले दिए बधाई

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित कार्यसमिति सदस्यहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन् ।

प्रधानमन्त्रीले बुधबार नवनिर्वाचित टोलीलाई सरकारी निवास बालुवाटारमा बोलाएर बधाई दिएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले देशमा फुटबलको विकासका लागि सरकारले सहयोग गर्ने आश्वासन पनि दिए ।

एन्फाको २१ औँ चुनावी साधारणसभाबाट अध्यक्षमा पंकजविक्रम नेम्वाङ र वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का निर्वाचित भएका थिए । त्यस्तै उपाध्यक्षमा दावा लामा, विराटजंग शाही, दिपक खतिवडा र दीर्घबहादुर केसी विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077