Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

तत्कालीन प्रशासकीय अधिकृतसहित ११ जनामाथि भ्रष्टाचार मुद्दा

बाग्लुङ । बाग्लुङ काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकसहित ६ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्‍याइ भ्रष्टाचारको आरोप लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा अधिकृत विक, तत्कालीन सब–इञ्जिनियर नवीनकुमार दास, असिस्टेन्ट सब–इञ्जिनियर सनोज उपाध्याय, उपभोक्ता समितिका अध्यक्ष रनबहादुर थापा, सचिव टेकनारायण पुन र कोषाध्यक्ष पार्वती थापाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो।

उनीहरूले नालढुङ्गा खानेपानी योजनामा नापी किताबअनुसारको पाइप प्रयोग नगरेको, डुडियाघाट तथा लामाबगरस्थित ह्युमपाइप निर्माणमा कमसल सामग्री प्रयोग गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ। अख्तियारका सहायक प्रवक्ता बेदप्रसाद भण्डारीका अनुसार गाउँपालिकाका कर्मचारी तथा समितिका पदाधिकारीलाई कैद र जरिबाना माग गरि मुद्दा दर्ता गरिएको हो।

आयोजनामा अनियमितता भएको भन्ने उजुरीमाथि अनुसन्धान हुँदा पालिकाका तत्कालीन कर्मचारीले सम्झौतामा उल्लेख भएबमोजिम सुपरीवेक्षण गर्न, गुणस्तर कायम गर्न र कामको यथार्थ नापजाँचका लागि सम्बन्धित साइट प्राविधिकलाई जिम्मेवारी नतोकी नापी किताबमा सही गरी सहमति जनाई नभए/नगरेको कामको समेत झुट्टा बिल भरपाई बनाइ/बनाउन लगाई गलत मूल्याङ्कनमा प्रत्यक्ष सहभागी भएकोमा समेत भुक्तानीका लागि सिफारिश गरेको अख्तियारले जनाएको छ।

लामाबगर ह्यूमपाइप आयोजनामा र डुडियाघाट ह्यूमपाइपमा जम्मा ४ लाख ९० हजार २२७ रूपैयाँ ७७ पैसा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारका सहायक प्रवक्ता भण्डारीले बताए। उपभोक्ता समितिका पदाधिकारीले लामाबगर र डुडियाघाट ह्यूमपाइपमा सम्झौताबमोजिम ह्यूमपाइप राख्दा गर्नुपर्ने पिसिसी, ढुङ्गाको पर्खाललगायतका लगत इष्टिमेटमा तोकिएका काम गर्नुपर्नेमा नगरी स्थलगत रुपमा नभएको/नगरेको कामको समेत झुट्टा बिल भरपाई बनाएको पुष्टि अख्तियारले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077