Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चौरपाटी गाउँपालिकाले यसरी मनायो धान दिवस [फोटोफिचर]

अछाम । अछामको चौरपाटी गाउँपालिकाले पनि राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएको छ । बुधबार 'धान बालीमा जैविक विविधता उपयोग, आयात प्रतिस्थापनमा सहयोग' भन्ने नारासहित गाउँपालिकाले १९औँ राष्ट्रिय धान दिवस मनाएको हो ।

कृषि विकास शाखाको आयोजनामा वडा नम्बर ५ को ईन्द्रा बनमा रोपाइँ गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँद, उपाध्यक्ष सरदेबी खड्का, ५ नम्बर वडा अध्यक्ष हिउकर्ण खड्का, कार्यपालिका सदस्य भरत बहादुर विश्वकर्मा ,शिक्षा शाखा प्रमुख रामचन्द्र जोशी, प्रहरी चौकी सिउडिका प्रमुख अकबर सिंह धामी लगायतको सहभागिता रहेको थियो ।

रोपाई महोत्सव सहभागी हुँदै पालिका अध्यक्ष साउदले निर्वाहमुखी कृषिलाई आधुनिक व्यवसायिक कृषि उन्मुख गर्ने बताउँदै कृषि क्षेत्रको विकासका लागि पालिकाले विशेष जोड दिने बताए ।

यस्तै गाउँपालिकाले बिहीबार कोदो दिवस मनाउने भएको छ । कोदो बालीको संरक्षण एंव प्रर्वद्धन गर्न गाउँपालिकाले प्रत्येक वर्ष असार १६ गते कोदो दिवस मनाउँदै आएको हो । सोही अनुसार बिहीबार तेस्रो कोदो दिवस विभिन्न कार्यक्रम गरी मनाइने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा सबैभन्दा बढी खाद्यान्न बालीका रुपमा कोदोको उत्पादन हुने गरेको छ । कोदोको उत्पादन वृद्धि गर्न ‘फलेको कोदो, कुटेको धान’ भन्ने कार्यक्रम अगाडि सारेर गाउँपालिकाले विशेष कार्यक्रम ल्याएको हो । यस कार्यक्रमअनुसार किसानहरुले फलाएको कोदो गाउँपालिकाले संकलन गर्ने र सो बराबर उनीहरुलाई चामल दिने गरेको छ ।

हेर्नुहोस् फोटोफिचर :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077