Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रक्षा मन्त्रालयले संसदीय समितिको अवज्ञा गरेको भीम रावलको आरोप

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले नेपाल संसदीय समितिले दिएको निर्देशन विपरित रक्षा मन्त्रालयले समितिलाई अवज्ञा गरेको बताएका छन् ।

बुधवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै सांसद रावलले यस्तो बताएका हुन् । उनले रक्षा मन्त्रालयले संसदीय समितिको अवज्ञा गरेको आरोप लगाएका हुन् ।

उनले समितिले अमेरिकी सरकारसँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौताबारे जानकारी गराउन निर्देशन दिएपनि त्यसको अवज्ञा गर्दै रक्षा मन्त्रालयको तर्फबाट कागजातउपर सम्झौता गराउने सम्बन्धमा मन्त्रिपरिषद्को निर्णय यसलाई अघि नबढाउने भएको हुनाले यो व्यहोरा सम्मानित समितिमा सभापतिबाट निर्देशित गराएको छु भन्‍ने पत्र पठाइ समितिकै अवज्ञा गरेको बताए ।

सांसद रावलले कानुनी र प्रशासनिक दृष्टिकोणबाट पनि यो समितिको निर्देशन विपरितको पत्र भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077