काठमाडौं । भक्तपुरको सूर्यविनायकमा पर्खाल भत्कँदा एक वृद्धाको ज्यान गएको छ ।
नगरपालिका–१० चित्तापोल लाकुलीकी ६६ वर्षीया नारायण देवी थापाको पर्खालले च्यापेर मृत्यु भएको हो ।
स्थानीय कान्छा श्रेष्ठको घरआँगनमा लगाइएको १२ फिटे अग्लो कच्ची पर्खाल वर्षाको कारण भत्कँदा त्यसले थिचेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
थापाको घटनास्थलमा नै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरी वृत्त जगातीबाट आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।