Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चौरपाटी गाउँपालिकामा आज कोदो दिवस मनाइँदै

अछाम । अछामको चौरपाटी गाउँपालिकामा आज तेस्रो कोदो दिवस मनाइँदै छ । कोदो बालीको संरक्षण एंव प्रर्वद्धन गर्न गाउँपालिकाले प्रत्येक वर्ष असार १६ गते कोदो दिवस मनाउँदै आएको छ ।

सोही अनुसार गाउँपालिकाले आज तेस्रो कोदो दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागेको हो । गाउँपालिकामा सबैभन्दा बढी खद्यान्न बालीका रुपमा कोदोको उत्पादन हुने गरेको छ ।

कोदोको उत्पादन वृद्धि गर्न ‘फलेको कोदो, कुटेको धान’ भन्ने कार्यक्रम अगाडि सारेर गाउँपालिकाले विशेष कार्यक्रम ल्याएको हो ।

यस कार्यक्रमअनुसार किसानहरुले फलाएको कोदो गाउँपालिकाले संकलन गर्ने र सो बराबर उनीहरुलाई चामल दिने गरेको छ ।

कोदोलाई हेला र अवमुल्यांकन गर्ने मानसिकतालाई अन्त्य गरी त्यसको महत्वको बारेमा सचेतना फैलाउने नीति गाउँपालिकाले लिएको छ ।

गाउँपालिकामा सबैभन्दा बढी कोदो फल्ने गरेको तर, हेयका कारण लोप हुन लागेपछि यो दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077