Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

जङ्गली च्याउ खाँदा १५ जना बिरामी, तीनको अवस्था गम्भीर

रुपन्देही । जङ्गली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी परेका छन् ।

जिल्लाको बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका ६ जना र वडा नम्बर ४ लक्ष्मीनगरका ९ जना जङ्गली च्याउ खाएर बिरामी परेका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उनीहरुमध्ये ३ जनाको अवस्था गम्भीर छ । गम्भीर बिरामीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आईसीयूमा उपचार भइरहेको छ ।

अरु बिरामीको पनि लुम्बिनी अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077