Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • वागमतीका मुख्यमन्त्री पाण्डेलाई सत्ता संकट, कांग्रेस र माओवादीले थाले हस्ताक्षर संकलन

    वागमतीका मुख्यमन्त्री पाण्डेलाई सत्ता संकट, कांग्रेस र माओवादीले थाले हस्ताक्षर संकलन

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 918
    SHARES

    फाइल फोटो

    काठमाडौं । बागमती प्रदेश सरकार परिवर्तनको कसरत सुरु भएको छ । सत्तारुढ गठबन्धनका दलहरु बीच पूर्वसहमति अनुसार सरकारको नेतृत्व लिने विषयमा कसरत सुरु भएको हो । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरूद्ध सत्तारूढ गठबन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले हस्ताक्षर संकलन गरेका छन् ।

    पूर्वसहमति अनुसार पदबाट हट्न नमानेपछि उनीविरूद्ध हस्ताक्षर संकलन गर्नुपरेको कांग्रेस र माओवादी केन्द्रले जनाएका छन् । प्रदेशसभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न कांग्रेस र माओवादीका सांसदले हस्ताक्षर संकलन थालेका हुन् ।



    नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बन्नुअघि भएको लिखित सहमतिमा आधा अवधिपछि कांग्रेसका इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने उल्लेख गरिएको थियो ।



    २०७८ साल कात्तिक ११ गते नेकपा एसका पाण्डे वागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ६ महिनापछि कांग्रेसले नेतृत्व पाउने गरी भएको त्यो लिखत गोप्य राखिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार