Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • एमाले अध्यक्ष ओली राजा फालेपछिको अर्को राजतन्त्र हुन् : मुख्यमन्त्री पाण्डे

    एमाले अध्यक्ष ओली राजा फालेपछिको अर्को राजतन्त्र हुन् : मुख्यमन्त्री पाण्डे

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 684
    SHARES

    फाइल फोटो

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले एमाले अध्यक्ष केपी ओली राजा फालेपछिको अर्को राजतन्त्र भएको बताएका छन्।

    एकीकृत समाजवादीको भ्रातृ संगठन युवा संघ नेपालको महाकाली–मेची युवा जागरण अभियानलाई हेटौँडामा स्वागत गर्दै पाण्डेले यस्तो बताउका हुन् ।



    उनले ओलीको क्रियाकलाप राजतन्त्र शैलीको हुँदा आगामी निर्वाचनमा एमालेको गति उँधो हुने निश्चित भएको दाबी गरे। जनता एमालेको पक्षमा नदेखिएकाले अब निर्वाचनको परिणामले ओलीको प्रवृत्तिलाई प्रस्ट देखाउने पाण्डेको भनाइ छ।



    पाण्डेले संविधानविरोधी गतिविधि, प्रतिगमन र संसद् विघटनजस्ता जनताको हितविपरीत कदम चालेर ओली नयाँ राजतन्त्रको स्वरूपमा देखिएका बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार