Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

साइबर अपराधजन्य गतिविधि गरिरहेको आशंकामा चिनियाँ नागरिकले चलाएको कम्पनीमा प्रहरी छापा

कास्की। साइबर अपराधसंग जोडिएका गतिविधि भइरहेको आशंकामा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले चिनियाँ नागरिकले चलाएको एक कम्पनीमा छापा मारेको छ ।

कम्पनीमा कार्यरत तीन जना चिनियाँ र ७५ नेपाली नागरिकमाथि सोधपुछ भैरहेको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।

पोखरा–१७, ड्यामसाइटमा घर भाडामा लिएर उनीहरुले अवैध गतिविधि गरिरहेको प्रहरीको आरोप छ । उनीहरुको गतिविधिबारे जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ ।

नेपालमा बसेर चिनियाँ नागरिकले साइबर अपराध र ठगीजन्य गतिविधि गरिरहेको सूचना प्रहरीलाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077