Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दुर्व्यवहारको आरोपमा युवा संघका केन्द्रीय सदस्य बोहराविरुद्ध जुरेलीले दिइन् जाहेरी

काठमाडौं । रेस्लर अस्मिता जुरेलीले आफूमाथि दुर्व्यवहार भएको भन्दै जाहेरी दिएकी छन् ।

असार १५ मा हिलो खेल्ने क्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै जिल्ला प्रहरी परिसरमा जाहेरी दिएकी हुन् ।

युवा संघका केन्द्रीय सदस्य हिलारी भन्ने हिकमत बोहराविरुद्ध उनले जाहेरी दिएको प्रहरी परिसर ललितपुरले जनाएको छ ।

युवा संघले नै आयोजना गरेको कार्यक्रममा बुधबार उनी भैंसेपाटी पुगेकी थिइन् ।

रोपाइँ उत्सव मनाउँदा उनलाई पछारेको भिडिओ सार्वजनिक भएको थियो । घटना लगत्तै उनले आपत्ति जनाएपछि हात हालाहालको अवस्था सिर्जना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077