Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रधानमन्त्रीलाई शेखरको प्रश्न : अर्बौं चलखेलका आरोपित अर्थमन्त्रीलाई किन कारबाही नगरेको ?

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अर्थ मन्त्रालयमा भएको अर्बौँको चलखेल र लेनदेनबाट मन्त्री आरोपित हुँदा समेत प्रधानमन्त्री शेरबहादुर देउवाले कारबाही नगरेको भन्दै प्रश्न उठाएका छन् ।

बिहीबार काठमाडौंमा आफूनिकट नेताहरुसँगको छलफलमा नेता कोइरालाले यस्तो बताएका हुन् । अर्थ मन्त्रालयमा भएको अर्बौंको चलखेल र लेनदेनबाट मन्त्री जर्नादन शर्मा आरोपित छन ।

अर्थ मन्त्रीलाई किन कारबाही नगरेको ? के स्वार्थ छ भन्दै उनले प्रधानमन्त्री देउवामाथि प्रश्न गरे । यस्तै उनले मुलुकको अर्थ व्यवस्था चौपट हुँदा पनि प्रधानमन्त्रीले ठोस कदम नचाल्नु दुःखद भएको बताए ।

नेता कोइरालाले प्रधानमन्त्री देउवाले राष्ट्रहित र आम नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077