Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • चिनियाँ राष्ट्रपति सी र हङकङका प्रमुख कार्यकारी लामबीच भेटवार्ता

    चिनियाँ राष्ट्रपति सी र हङकङका प्रमुख कार्यकारी लामबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 945
    SHARES

    एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङ र हङकङका कार्यकारी प्रमुख क्यारी लामबीच भेटवार्ता भएको छ । उनीहरुबीच हङकङमा बिहीबार भेटवार्ता भएको हो ।

    भेटमा राष्ट्रपति सीले मुख्य कार्यकारीको रूपमा लामको पाँच वर्षे कार्यकालमा भए गरेका कामहरूलाई केन्द्रीय अधिकारीहरूले पूर्ण रूपमा स्वीकार गरेका छन् ।



    उनले केन्द्रीय सरकारको सहयोगमा प्रमुख कार्यकारीको रूपमा एक देश दुई प्रणालीको नीति र आधारभूत कानूनको दृढताका साथ पालना गरेको र पाँच वर्षयता उनको कार्यप्रति केन्द्र सरकार सन्तुष्ट रहेको बताए ।



    भेटमा क्यारी ल्यामले हङकङमा महामारी अझै देखिएको बेलामा हङकङको भ्रमण गरेकामा राष्ट्राध्यक्ष सी चिनफिङप्रति हार्दिक आभार ज्ञापन गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार