Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सी जिनपिङले बाइडेनलाई भने- ताइवानमा स्वतन्त्रताको समर्थन गर्नु भनेको आगोसँग खेल्नु जस्तै हो

    सी जिनपिङले बाइडेनलाई भने- ताइवानमा स्वतन्त्रताको समर्थन गर्नु भनेको आगोसँग खेल्नु जस्तै हो

    अनलाइन नेपाल
  • मंगलबार, ३० कार्तिक २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानमा स्वतन्त्रताको समर्थन गर्नु भनेको आगोसँग खेल्नु जस्तै भएको भन्दै आगोसंग नखेल्न अमेरिकी राष्ट्रपति जो बाइडेनलाई चेतावनी दिएका छन्।

    बीबीसीका अनुसार मंगलबार भएको दुई देशबीचको भर्चुअल बैठकमा चीनले यस्तो चेतावनी दिएको हो।



    छलफलमा अमेरिकी राष्ट्रपति बाइडेनले ताइवानमा एक पक्षीयरुपमा कुनै पनि बदलाव नगर्न चीनलाई सुझाएको थियो । जवाफमा राष्ट्रपति सीले ताइवानमा स्वतन्त्रताको समर्थन गर्नु भनेको आगोसँग खेल्नु बराबर रहेको बताएका थिए । उनले बाइडेनलाई चेतावनी दिँदै भनेका थिए, ‘जो आगोसँग खेल्छ, अन्त्यमा त्यो जल्छ नै।’



    दुई समकक्षीको बैठकपछि ह्वाइट हाउसले प्रेस विज्ञप्ति जारी गर्दै अमेरिका ‘वन चाइना पोलिसी’मा प्रतिबद्ध रहेको जनाएको छ । यो पोलिसी मान्ने देशले ताइवान चीनकै हिस्सा रहेको स्वीकार गर्ने बीबीसीले उल्लेख गरेको छ।

    उक्त बैठकमा सी चिनफिङले दुई देशबीच वार्ता बढाउनु पर्ने र चुनौतीको सामना सँगै गर्नुपर्ने बताएका थिए । हालैका महिनाहरूमा ताइवानलगायत धेरै महत्त्वपूर्ण मुद्दाहरूमा चीन र अमेरिकाबीच तनाव बढेको छ।

    सी जिनपिङले सारा विश्व कोभिड महामारी र जलवायु परिवर्तनको संकटको चपेटामा परेकाले दुई देशबीचको सम्बन्ध ट्रयाकमा रहनु महत्त्वपूर्ण रहेको पनि उल्लेख गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार