Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीसहितका शीर्ष नेताहरुले छलफल गर्ने

    चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीसहितका शीर्ष नेताहरुले छलफल गर्ने

    अनलाइन नेपाल
  • सोमबार, २१ असार २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिङपिङले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली राजनीतिक दलका नेताहरुसँग भर्चुअल छलफल गर्ने भएका छन् ।

    चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा राष्ट्रपति सी जिङपिङले भोलि प्रधानमन्त्री ओली र प्रमुख राजनीतिक दलका नेताहरुसंग छलफल गर्ने भएका हुन्।



    मंगलबार अपरान्ह हुने छलफलमा प्रधानमन्त्री ओली सहभागि हुने जानकारी उनको सचिवालयले दिएको छ । प्रधानमन्त्रीका संचार विज्ञ रामशरण बजगार्ईंका अनुसार जुम मिटिङमार्फत हुने भर्चुअल छलफलमा ओली सहभागि हुने निश्चित भएको छ ।



    प्रधानमन्त्री ओलीसहित उक्त भर्चुअल छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरु पनि सहभागि हुने जनाइएको छ ।

    चिनियाँ राष्ट्रपति सी जिङपिङले जुम बैठकमा भारतबाहेकका अन्य दक्षिण एसियाली मुलुकहरुलाई पनि निम्तो दिएका छन् । सबै नेताहरुलाई बोल्न पाँच मिनेटको समय दिइएको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार