Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेको आरोपमा १३ नेपाली पक्राउ

    दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेको आरोपमा १३ नेपाली पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १७ असार २०७९
  • 777
    SHARES

    काठमाडौं । दक्षिण कोरियामा १३ जना नेपाली पक्राउ परेका छन् ।

    अवैध रुपमा काम गरिरहेका उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुले दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोप छ ।



    सुवन अध्यागमन कार्यालयका अनुसार पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन । ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको अध्यागमन कार्यालयले जनाएको छ ।



    नौ जना बसाइँ अवधि सकिएपछि पनि दक्षिण कोरिया नछाडेका कारण पक्राउ परेका हुन् ।

    भने चार जना नेपालीहरु कृषि तथा माछा पालन मौसमी काम (इ–८) को रुपमा प्रवेश गरी ठेक्का अवधि नपुग्दै गैरकानुनी रुपमा अर्को ठाउँमा काम गरिरहेको बेला पक्राउ परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार