Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राजस्व छली ८० लाखको सुन ओसार प्रसार, २ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । राजस्व छली गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।

राजस्व अनसन्धान विभागले पोखरा महानगरपाललका १५ रामबजार वस्ने २५ बर्षीय रमेश सुनार र रुपन्त्देही घर भई हाल काठमाडौंको टोखा नगरपालिका–६ बस्ने गणेश ज्वेलसकी सुनिता बि.क लाई पक्राउ गरेको हो ।

सुनारलाई १ केजि काँचो सुन सहित रामबजारबाट पक्राउ गरिएको हो ।

उक्त कारोबारमा सुनिता विकको समेत संलग्नता रहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

उनीहरुलाई राजस्व छलिको अभियोगमा ८० लाख विगो माग दावी गरि कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077