Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बैंकिङ कसुर मुद्दाका फरार दुई जना अभियुक्त पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले बैंकिङ कसुर मुद्दाका फरार दुई जना अभियुक्तहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टि नगरपालिका-७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-१ इमाडोल बस्‍ने २८ वर्षीय गौरभ शर्मा र धादिङको नेत्रवती डबजोङ गाउँपालिका-५ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका-१० मनमैजु बस्‍दै आएका ३१ वर्षीय प्रेमबहादुर गुरुङ रहेका छन् ।

उच्च अदालत पाटनको २०७९ वैशाख ५ गतेको फैसलाले शर्मालाई ११ दिन कैद र ५५ लाख जरिवाना सुनाएको थियो भने गुरुङलाई उच्च अदालत पाटनले २०७९ साल वैशाख ४ गते २ दिन कैद र ९ लाख ९० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

महाराजगञ्जबाट खटिएको सीआईबीको टोलीले शर्मा र गुरूङ दुवै जनालाई काठमाडौं बालुवाटारबाट पक्राउ गरेको जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077