Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता , चुनाव चिह्न गोलाकारभित्र घण्ट

काठमाडौं। निर्वाचन आयोगमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको छ । शुक्रबार लामिछानेलाई आयोगले दल दर्ताको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

पार्टीको नामकाविरुद्धमा परेका २ उजुरी आयोगले खारेज गर्दै मागेकै नाममा पार्टी दर्ता गरिदिएको हो । ऐनमा कतैपनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ ।

पार्टीको नामलाई लिएर उत्पन्न विवाद किनारा लगाउँदै आयोगले सोही नामलाई मान्यता दिएको हो। निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न गोलाकारभित्रको घण्ट शुक्रवार दर्ता भएको हो ।

लामिछानेले प्रस्ताव गरेको घण्ट भने पाएको छैन । रवि लामिछानेले असार ७ मा नयाँ पार्टी घोषणा गरेर दल दर्ताका लागि सोही दिन निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077