Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिभुवन विमानस्थलबाट २६७.४ ग्राम सुनसहित तुलाधर पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना यात्रु सुनसहित पक्राउ परेका छन् । शुक्रबार बेलुका नेपाल एयरलाइन्समार्फत बैङ्ककबाट काठमाडौं आएका रोकेश तुलाधरलाई २६७.४ ग्राम सुनसहित पक्राउ गरिएको हो ।

तुलाधरले बोकेको सुटकेसको ह्याण्डिलभित्र सुन भेटिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

भन्सार अधिकृतले चेकजाँच गर्ने क्रममा सुटकेश उचाल्न प्रयोग हुने ह्याण्डिल साईडको भित्रपट्टि शंकास्पद धातु रहेको पाएपश्चात खोल्दा भित्री भागमा सुन भेटिएको हो ।

करिब ५ ईन्च लम्बाई र १ ईन्च चौडाईको सुनको बारलाई कार्बन पेपरले र्‍यापिङ गरी अड्काएर ल्याएको थियो । शुक्रबार राती नै उनलाई नेपाल प्रहरीको हिरासतमा राखेर भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077