Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । देशका विभिन्न क्षेत्रमा गएराति देखिनै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

केही क्षेत्रमा भारी वर्षासमेत भएको छ । आज बिहान प्रदेश–१, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार देशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रदेश–१ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।

नदी, नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077