Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माले पोलिटब्युरो सदस्य श्रेष्ठ सहित नेताहरू राप्रपा नेपालमा प्रवेश

काठमाडौं । लामो समय कम्युनिस्ट आन्दोलनमा रहेका कुमार श्रेष्ठ राप्रपा नेपाल प्रवेश गरेका छन् ।

नेकपा (माले) का पोलिटब्युरो सदस्य रहेका श्रेष्ठ , केन्द्रीय सदस्य वीरसिंह तामाङ लगायतलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राप्रपा नेपाल मुलुकको राष्ट्रिय राजनीतिमा जबरजस्त ढंगले अगाडि बढ्ने बताए ।

राजनीतिक दलका नेता, कर्मचारीतन्त्र र बिचौलियाहरूको त्रिसंखु गठबन्धनले मुलुकलाई समस्याको दलदलमा फसाएको भन्दै धर्म परिवर्तन ,बेरोजगारी ,भ्रष्टाचार र कुशासनको अन्त्यको निमित्त जनता जागरूक हुनुपर्ने बताए । राप्रपाका गौरव नेपालीको नेतृत्वमा १ सय पाँच जना पनि सोही अवसरमा राप्रपा नेपाल प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077