Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको पहिलो दिनको केन्द्रीय कमिटी बैठक संम्पन्न, नौवटा एजेण्डा प्रस्तुत

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सकिएको छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सकिएको हो । पहिलो दिनको बैठकमा माओवादी केन्द्रले पार्टीभित्रैबाट भएको अन्तर्घात र गठबन्धनका कारण लक्ष्यअनुसार नतिजा आउन नसकेको निष्कर्ष निकालेको छ ।

गठबन्धनमा नेपाली काँग्रेस इमान्दार नहुँदा नतिजा प्रभावित भएको माओवादीको निष्कर्ष छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि नौवटा एजेण्डा प्रस्तुत गरेका छन् । बैठक तीन दिन चल्ने माओवादी केन्द्रले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077