Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनले रुसी सहरमा घातक आक्रमण गरेको आरोप

एजेन्सी । रुसले युक्रेनको सिमाना नजिक रहेको आफ्नो बेलगोरोद सहरमा तीन जनाको ज्यान जानेगरी भएको विस्फोटका लागि युक्रेनलाई जिम्मेवार ठहराएको छ ।

क्षेत्रीय गभर्नरले दर्जनौँ आवासीय भवनमा विस्फोटन भएको र रुसी हवाई प्रतिरक्षालाई सक्रिय पारिएको बताएका छन् ।

क्रेमलिनले आइतबार युक्रेनी फौजले नियतवश नै रुसी सर्वसाधारण केन्द्रित आक्रमण गरेको जनाएको छ ।

युक्रेनले रुसको आरोपको खण्डन गर्दै रुसले विगतमा पनि यस्ता झुठा आरोपहरू लगाउने गरेको बताएको छ । तीन लाख ७० हजार जनसंख्या रहेको बेलगोरोद सहर युक्रेनको दोश्रो ठुलो सहर खार्किभदेखि उत्तरी भागमा रहेको छ ।

गत २४ फेब्रुअरीमा रुसी फौजले आफूमाथि आक्रमण गरेयता युक्रेनले यहाँ थुप्रै पटक हमला गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077